Print
Category: health articles
Hits: 1702

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

बिराटनगर

चैत्र ११, २०७४

विराट मेडिकल कलेज शिक्षण अस्पतालले गठन गरेको “इन्स्टिच्युटसनल रिभिउ कमिटि” को प्रमाणीकरणको लागि नेपाल हेल्थ रिसर्च काउन्सिलले आफ्नो पहिलो भ्रमण पुरा गरेको छ/ बिराट मेडिकल कलेजमा रहेको इन्स्टिच्युटसनल रिभिउ कमिटिको सदस्य सचिब डा. सुर्य पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै यसको आवश्कता माथि जोड दिनुभयो /

उक्त कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा. मेगनाथ धिमाल, नमिता घिमिरे तथा अनिल शाहको उपस्तिथी रहेको थियो / इन्स्टिच्युटसनल रिभिउ कमिटिका अध्क्षय डा. हेम सगर रिमालले बिराट मेडिकल कलेजले आउने दिनमा अनुसन्धान लाई अझै परिस्कृत बनाउदै लाग्ने बताउनु भयो/ कार्यक्रममा सदस्यहरु डा. कोपिला अग्रवाल, डा. मृनालिनी सिंह, डा. दिलिप चौधरी, उपभोक्ता भिम बस्नेत, तथा कर्मचारी मनिष कार्कीको उपस्तिथी थियो /विराट मेडिकल कलेज स्वास्थ्य अनुसन्धानमा समर्पित हुदै बिगत केहि वर्ष देखि हेल्थ जर्नल प्रकासित गर्दै आईरहेको छ /