Articles View Hits
1715319
Arrow
Arrow
Slider

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 
 
 
झापाको मेचीनगर र दमक नगरपालिका डेंगीको उच्च जोखिममा रहेको देखिएको छ । बाल जागरण मन्च मेचीनगरको सहकार्यमा मेची बस व्यबसायी संघ मेचीनगर र नाईट चेस क्लब काँकरभिट्टाको सहयोग तथा नेपाल मेडिकल भोलियन्टर्स सोसाईटी "डाक्टर साथीको" संयोजन मा शुक्रबार मेचीनगरमा भएको अन्र्तरक्रियामा, बिज्ञहरुले प्रस्तुत गरेको तथ्याङ्कले जिल्लाका यी दुईवटा नगरपालिका उच्च जोखिममा रहेको देखाएको हो ।डेंगीरोग अनुसन्धानकर्ता डाक्टर सूर्य पराजुलीले प्रस्तुत गर्नुभएको तथ्याङ्कमा ईपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन २०१३ मा ७ सय भन्दा बढि डेंगी संक्रमित प्रमाणित भई सकेको उल्लेख छ । जसमध्ये झापा जिल्लामामात्र १ सय ९४ जना फेला परेका थिए । कुल संक्रमित मध्ये मेचीनगर नगरपालिकामा ८३ र दमक नगरपालिकामा ५८ जना रहेको डाक्टर पराजुलीले  बताउनु भयो । डेंगी शिक्षा अभियान २०१३—२०१४ को तथ्याङ्क अनुसार  नेपालमा पहिलो पटक सन २००४ मा एकजना जापानी स्वयमसेविकामा सक्रमण देखिएको डेंगीले दुईबर्षपछि नेपालमा महामारीको रुप लिएको थियो ।सन २००६ मा १ सय ४० जना संक्रमित भएको अनुमान गरिएकोमा ३२ जनामा डेंगी पुष्टि भएको तथ्याङ्कमा उल्लेख छ । प्रस्तुत तथ्याङ्कमा त्यो बर्ष ४ हजार ५३७ जनामा डेंगी संक्रमण भएको अनुमान गरिएकोमा ९ सय १७ जनामा डेंगी संक्रमित भए
को पुष्टि भएको र पाँचजनाको डेंगीकै कारण मृत्यू भएको उल्लेख छ । सन २००७ मा २७, २००८ मा १० , २००९ मा ३० जनामा संक्रमण भएको बताईएको छ । सन २०११ मा करिब १ हजार १ सय ९२ जनालाई डेंगी संक्रमण भएको अनुमान गरिएकोमा २ सय २४ जनामा डेंगी संक्रमित प्रमाणित भएको र सन २०१२ मा डेंगी संक्रमण नेपालका बिभिन्न ठाउँमा फाटफुटट् देखिर्दै जादा ७२ जनामा फेला परेको अनुसन्धानले देखाएको डेंगी रोग अनुसन्धानकर्ता डाक्टर पराजुलीले  बताउनु भयो।
 
 
 
 
 

 

 

Contact/Email Me