Articles View Hits
1713495
Arrow
Arrow
Slider

User Rating: 5 / 5

Star ActiveStar ActiveStar ActiveStar ActiveStar Active
 
 

धनकुटाकी १९ बर्षीया मुना कार्की लाई हिजोआज एउटा समस्याले निकै सताएको छ। केही महिना भयो, उनको गालामा एउटा बिमिरा जस्तो देखा पर्‍यो र हेर्दाहेर्दै यो बढेर चारवटा भइसकेको छ । यसले गर्दा हिजोआज उनलाई कलेज जान मन लाग्न छाडेको छ । बाहिरफेर निस्कादा पनि गाह्रो हुन थालेको छ । उनलाई यसले आफ्नो भविष्य नै बिग्रने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । चिकित्सकको सम्पर्कमा आउदा उनलाई  मुसा पलाएको प्रमाणित भयो ।

छालामा मुसा निस्कनु भनेको के हो ?
मुसा अर्थात् ‘वाट’ प्रायश: सानो, खसो प्रकारको फुलकोबी जस्तै देखिने छालाको संक्रमण हो । यो भाइरस अर्थात् विषाणुको संक्रमणको कारणबाट हुने गर्दछ । ह्युमन प्यापीलोमा भाइरसको संक्रमण नै मुख्य कारण हो । 

मुसा कति प्रकारहरु हुन्छन?
झण्डै १०–१२ प्रकारका मुसाहरु देखिन्छन् ।मुख्यरुपमा यो आउने शरीरको स्थान, यसको आकार प्रकार तथा आक्रमण गर्ने भाइरसका आधारमा निम्न प्रकारमा विभाजन गर्न सकिन्छ।
१. भेरुका भलग्यारिस: हात तथा खुट्टामा देखिने गर्दछन् ।
२. भेरुका प्लाना अर्थात् फ्ल्याट वाट: साना, चौडा खालको मासु कलरको हुन्छ। साधारण तथा धेरै संख्यामा आउने यस प्रकारका मुसा अनुहार, घाटी, हत्केला, घुडा आदिमा देखिन्छन् ।
३. फिलिफर्म वा डिजिटेट वाट: धागोजस्तो, त्यान्द्रा जस्तोदेखि यिनीहरु मुख्यरुपमा आाखीभौं, ओठ आदिमा देखिन्छन् ।
४. कोन्डाइलोमा एक्युमिनेटा अर्थात् जनेन्द्रिय मुसा: यौनाङ्गा देखिने गर्दछ ।
५. पेरिअङगल मुसा: नङको वरिपरि आउने फुलकोपी झैं देखिने मुसा हो ।
६. प्लान्टर मुसा: खुट्टाको पैतालामा आउने र कडा प्रकारको दुखाई भएको धेरै संख्यामा आउने मुसा हो ।

छालामा मुसा के कारणले र कस्तो प्रक्रियाले गर्दा हुन्छ ? 
ह्युमन प्यापिलोमा भाइरसले हाम्रो शरीरको छालाको इपिडर्मिसको माथिल्लो सतहलाई असर गर्दछ । तथापि शरीरको भित्री भागमा भने यो भाइरस छिर्दैन । झण्डै १०० भन्दा बढी प्रकारका भाइरस रहेकोमा ह्युमन प्यापिलोमा भाइरसका प्रकार २ र प्रकार ४ ले साधारण मुसा निम्त्याउने गर्दछ ।

छालामा मुसा निस्कने रोगको अवस्था कस्तो पाइन्छ ?
संसारभर करीब ७ देखि १२ प्रतिशत जनसंख्यामा यो रोग देखिएको छ । मुख्यरुपमा स्कुले विद्यार्थी, मासुसम्बन्धी काम गर्नेहरु र शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाहरु यसको शिकार भएको पाइन्छ । यो रोगको खासै कुनै हानी पुर्‍याउने खालका लक्षण तथा असरहरु हुदैनन् । तर सुन्दरतालाई भने असर पुर्‍याउन सक्दछन्। पुरुष र महिला दुवैलाई बराबररुपमा यो रोगले आक्रमण गर्दछ ।

छालामा मुसा निस्कने रोगको लक्षण तथा चिह्हरु के के हुन् ?
कुनै व्यक्ति विशेषमा आएको छ भने त्यही व्यक्तिको शरीरको अरु अंगमा सर्ने सम्भावना एकदम धेरै हुन्छ । जसलाई अटोइनोकुलेशन भनिन्छ । साधारण प्रकारका मुसाहरुको साइज १ मिमिभन्दा कमदेखि लिएर १ सेमीभन्दा बढी पनि हुन सक्दछन् । जुन मुख्यत: हातमा तथा घुडामा देखिन्छन् ।

छालामा मुसा निस्कने रोगको परीक्षण कसरी गरिन्छ ?
प्रायश: परीक्षणबाट भन्दा पनि हेरेर यो रोग पत्ता लगाउने गरिन्छ । साउदन  ब्लट हाइब्रिडाइजेशन भन्ने उच्चस्तरीय परीक्षण गरेर हामी भाइरसको प्रकार समेत पत्ता लगाउन सक्दछौं । मुसामा हेर्ने हो भने स–साना काला थोप्लाहरु देखिने गर्दछन् । जुन रगतका स–साना नसाहरु बन्द भएका कारणबाट हुन्छन् । यदि शंका लागेका हानीले यसको मासुको टुक्राको जाच गर्नुपर्दछ ।

छालामा मुसा निस्कने उपचार पद्धति के के हुन सक्छ ?
मुसाको उपचारको लागि हिजोआज धेरै प्रकारका उपचार पद्धति पाइन्छन् । यदि कुनै असर छैन भने हामीले यसलाई त्यसै छोड्नु उपयुक्त हुन्छ, किनकि करीब ६५ प्रतिशत मुसा आएको २ वर्षभित्रमा आफै ठिक हुन्छन । स्यालिसाइलिक एसिडको प्रयोग हामी घरमै गर्न सक्दछौं । जसबाट ७० देखि ८० प्रतिशत रोग मुसा निको पार्न सक्दछौं । टाइक्लोरो एसिडिक एसिडहरुको प्रयोग पनि गरिन्छ । सिमेटिडिन, रेटिनोइड्स जस्ता औषधीहरुको पनि प्रयोग गर्ने गरिन्छ । क्रायोसर्जरी जस्ता उपचार पद्धति पनि प्रयोग गरिन्छन् ।इलेक्ट्रोकट्री प्रविधि, हिजोआज व्यापक प्रयोगमा आएको पाइन्छ । यस प्रविधिमा बिजुलीको माध्यमबाट मुसालाई निकालिन्छ । यो साधारण रुपमा गर्न सकिने सजिलो तथा भरपर्दाे उपचार पद्धति पनि हो ।

छालामा मुसा निस्कने रोकथामका उपायहरु के के हुन् सक्छन?
आफ्नो नङ टोक्ने बानीबाट मुक्त हुनुपर्दछ । नङ टोक्दा छालामा घाउ भई त्यसबाट विषालु प्रवेश गर्न सक्दछन् । सरसफाई गर्दा विशेष ध्यान दिनुपर्दछ । मुसा भएको ठाउामा ब्रस गर्ने तथा सेभ गर्ने गर्नु हुदैन । मुसा छोइसकेपछि आफ्नो हात उपयुक्त तरिकाले धुनु पर्दछ । यदि शरीरको कुनै भागमा मुसा छ र त्यहा तौलियालको  प्रयोग गरि अरु ठाउमा प्रयोग गर्दा सर्ने सम्भावना रहन्छ। हाम्रो समाजमा मुसालाई काट्ने खुर्किने गरिन्छ । यो एकदम नै खराब तरिका हो । किनकि काट्दा त्यहा रहेका भाइरस अरु ठाउमा सजिलै सर्न सक्दछन् । अर्काे कुरा काट्दा संक्रमण हुने तथा रगत धेरै जाने पनि हुन सक्दछ । मुसा आएको ठाउ सधै सुख्खा राख्ने बानी गर्नुपर्दछ ।

सारांश 
तपाई हाम्रो वरपर वा आफैलाई पनि मुसाले सताएको हुनसक्छ । भाकल गर्ने लगायतका कुराहरु आफ्नो ठाउमा होलान् तर मुख्य कुरा धेरै मुसाहरु करीब २ वर्षभित्रमा आफैं हराएर जान्छन् । यदि मुसामा अस्वाभाविक परिवर्तन देखिएमा, धेरै रगत बग्न थालेमा, अत्याधिक संख्यामा बढ्दै गएमा स्वास्थ्यकर्मीको सहयोग लिनै पर्ने हुन्छ ।


 

 

 

 

 

Contact/Email Me