Articles View Hits
1713492
Arrow
Arrow
Slider

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

प्रकाशित मिति:२०७१ फागुन २८ गते ११:१९

Click here for reference

काठमाडौं– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (वीपीकेएचएस) धरानका चिकित्साशास्त्र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले सुनसरीको सिमरिया गाविसमा एकदिने स्वाइनफ्लुसम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेका छन् । आफ्नो शैक्षिक अनुसन्धान कार्यक्रमको क्रममा उनीहरुले उक्त कार्यक्रम गरेका हुन्  ।
विद्यार्थीहरुले वैज्ञानिक रुपमा हात धुने र मास्कको प्रयोगसंबन्धी अभिमुखीकरण कार्यक्रम पनि गरेका थिए  । उक्त अवसरमा विद्यार्थीहरुले आफूले बनाएका तस्विर र चित्रद्वारा स्वाइन फ्लुका बारेमा स्पष्ट पारिएको थियो । विद्यार्थीहरुलाई हात धुने तरिका पनि सिकाइएको थियो ।

यस्तै, स्वाइन फ्लुको  वर्तमान अवस्था, यसको परिचय, सर्ने कारण, लक्षण तथा चिन्ह, रोकथामका उपाय र उपचारका बारेमा पनि जनचेतना प्रदान गर्नुका साथै सहभागीहरुलाई मास्क पनि वितरण गरिएको थियो । कार्यक्रममा प्रशिक्षक तथा डाक्टर साथीका अभियन्ता डा. सूर्य पराजुलीले सहभागीको जिज्ञासाको समाधान गरेका थिए  ।

Contact/Email Me