Articles View Hits
1715041
Arrow
Arrow
Slider

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 


विराटनगर, फागुन २


नेपाल मेडिकल भोलिन्टियर सोसाइटीले आफ्नो चौथो एनएमभिएस हेल्थ मिट कार्यक्रम आयोजना गरेको छ । आइतबार विराटनगरको बालमन्दिर स्कुलमा सोसाइटीले हेल्थ मिट प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

हेल्थ मिट कार्यक्रमलाई डा. सूर्य पराजुली, डा. पार्थ गुरागाईंलगायतले सहजीकरण गरेका थिए । प्रशिक्षण कार्यक्रममा स्वास्थ्यकर्मीले सार्वजनिक ठाउँमा कसरी प्रस्तुत हुने, आफ्ना बिरामी तथा सेवाग्राहीसँग कसरी सञ्चार गर्ने तथा हाल भइरहेका विभिन्न स्वास्थ्यसम्बन्धी समस्याबारे छलफल गरिएको थियो ।

त्यसक्रममा बोल्ने अधिकांशले र बिरामीको उपचार प्रक्रियामा सहजता दिन डक्टर–बिरामीबीचको सञ्चार प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

हेल्थ मिटअन्तर्गत प्रत्येक शनिबार ८ बजे स्वास्थ्यसम्बन्धी विविध कार्यक्रम हुने गरेको संस्थाका प्रबन्ध निर्देशक डा. सूर्य पराजुलीले जानकारी दिए ।

Click here for reference

 

Contact/Email Me