Articles View Hits
1715581
Arrow
Arrow
Slider

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

आतिएको देखिने
सम्हालिन खोज्ने
अलिकति कृत्रिम हाँसो छर्दै

कोहि ह्वा-ह्वा गर्दै रोईदिन्छन्
कोहि रोएको हेरिरहन्छ
अपरेशन थिएटर ।

सुत्न चाहेर सुत्न नसकेका
उठ्न चाहेर उठ्न नसकेका
नयाँ जीवन लिएर फर्किने
असंख्य जीवनलाई
अभिलाषामा रमाइरहेको हेरिरहन्छ
अपरेशन थिएटर ।

कति कारुणिक लाग्ने दृश्य
पसिना–पसिना भएको अनुहार
हत्तारिएका बाटाहरु
आत्तिएका मनहरु
हेरिरहन्छ अपरेशन थिएटर ।


-----------------------------------------------
© डा. सूर्य पराजुली "एस पी लोचन"
अपरेशन थिएटर र अरु कविता पुस्तकबाट साभार 
www.splochan.blogspot.com

 

 

 

Contact/Email Me