Articles View Hits
1713489
Arrow
Arrow
Slider

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

सौरभ लुइटेल (फेसबुकमा म !!)

म एउटा तस्बिरलाई असाध्यै प्रेम गर्छु
जसले वर्षौं देखि गुलाफको रङ चोरेर
मलाई प्रेम छरिरहेको छ ।
त्यो तस्बिर फगत तस्बिर होइन
मेरो हृदयको क्यानभासमा
मैले आफैं कोरेको कसैको सुन्दर आकृति हो
जो कहिलेकाही मेरा आँखासम्म आउँछन्
अनि मुटुभरी तरङ्ग ल्याएर गुमनाम हुन्छन ।
म मुस्कुराउँदा, त्यो तस्बिर फुलझैं मुस्कुराउँदैन
मलाई पीडा हुँदा, उस्का आँखाका किनार छचल्किदैनन
मैले सुम्सुम्याउँदा,
उ लज्जावतिझैं मुर्झाउँदैन
म टोलाइरहँदा,
अहँ उस्ले कहिल्यै बोलाउँदैन
तर म
बोलाइरहन्छु
कोट्याइरहन्छु
सुम्सुम्याँइरहन्छु
………………………………………………
किनकी,
मैले सुनौलो हृदयभित्र राखेजसरी
राखिरहन्छ मलाइ रुमानी सपनाभित्र
राखिरहन्छ मलाइ सुनौलो भ्रमभित्र
त्यसैले
त म एउटा तस्वीरलाई असाध्यै प्रेम गर्छु

Contact/Email Me