Articles View Hits
1715295
Arrow
Arrow
Slider

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

 



© दिनेश राज सुबेदी (फेसबुकमा म)

हिमाल रोयो तराई रोयो पहाड हांसेन
त्यो संधै नाच्ने मयुर आज किन हो नांचेन

खोला र नाला पहाड पर्वत सबैले देखेको
धनका गेडि देखेर होला त्यो बाटो छेकेको

बाहिर मात्र माटाको माया पोखेर हुंदैन
त्यो हुन्न हाम्रो आमाको छोरो छातिमा छुंदैन

गरिबिलाई छोपेर छिट्टै उज्यालो भरौं न
फुटेर हैन मुहार फेर्न जुटेर गरौं न

छङ् छङ गर्दै त्यो कोशी बग्छ पहाड फोरेर
त्यसको शक्ती चिन्दैनौ भने लैजान्छ सोरेर

पराई लाई ठानेर आफ्नो शिरमा चढायौ
शक्तिका लागी सन्तती लाई भुईंमा लडायौ



Contact/Email Me