
आशावादी बा
कलम: जेनिशा परियार
चिकित्साशास्त्र चौथो वर्षकी विद्यार्थी तथा कवियत्री
सेताम्मै कपाल, निराश मुहार
झुत्रो अनि मैलो वस्त्र
झसङ्ग भएँ, टक्क अडिएँ
गोडा त्यतैतिर लम्किए
“बा !” भनी बोलाएँ मैले
सानो बाँसको झुप्रो भित्र
वर्षाको पानी तप–तप चुहिने छानो
“हजुर” भन्दै बाहिर आइ
आफ्ना सबै कथा सुनाइ
नजिकै बस्नुभयो बा !
“बेलैमा म टुहुरो भएँ, नानी
सात दाजु र एक दिदी गुमाएँ,”
अनि भन्नुहुन्छ बा !
दिदी गुमाएकै सालमा
गुमाएँ मैले मेरा बुबालाई,
सुख के हो थाहा छैन मलाई,
दुःख के हो थाहा छैन मलाई ।
जे छ, जे हुन्छ, जे थियो,
सबै स्वीकार्य छ मलाई ।
पेटभरि खान चाड नै आउनुपर्छ,
हिम्मत छ, ज्यानले अझै केही गर्नुपर्छ,
रोग लाग्यो, छैन उपचारको आश,
बिहान–बेलुका छैन पुग्ने गाँस ।
“बाको सम्झना नागरिकता छ नि,
आमाले रोप्नुभएको तुलसी छ नि,”
यसरी भन्दा बाले झस्किए, म पनि ।
बा–आमा, दाजुको अस्तु साथमा,
नाती–नातिना लिनुहुन्छ काखमा ।
बाको जस्तो हाल भयो, मेरो उस्तै भयो,
छोराहरूको पनि उमेर ढल्दै गयो,
सुध्रिने केही छैन घरको यो हाल,
गन्दै गएँ कयौँ वर्ष अनि साल ।
बिरामी त भएँ, उपचार पाउन
सुत्ने ओछ्यान, न्यानो कपडा
हर्मा कहिल्यै भएन ।
छोराछोरीको राम्रो होस् भन्ने आशा,
यति हुँदा पनि बा छैनन् निराश ।
यस्तै–यस्तै भोगाइ भएका धेरै बाहरू,
उपचार नपाएर अल्पायुमै बित्नुभएका बाहरू ।
मर्न दिने छैन अब अल्पायुमै,
तपाईंकी छोरी डाक्टर बन्दैछु ।
खुसी हुनुहोस्, आशीर्वाद दिनुहोस् ।
बा ! तपाईंको उपचार म गर्नेछु,
लक्षित वर्ग छुट्याउनेछु,
समयमै उपचार पुर्याउनेछु बा !
दुःखमा परेकाहरूको सेवा गर्नेछु,
आशाको हात बन्नेछु, अनि भित्तो फेर्नेछु,
सुख अनि दुःखको अनुभूति गराउनेछु ।
(पर्खनुहोस् बा !
तपाईंकी छोरी डाक्टर हुनेछु,
बा ! तपाईंलाई खुसी दिनेछु ।)
रचनागर्भ ............ This poem was born during my first-year community field visit, in the quiet lanes of Budhiganga Rural Municipality of Morang district, Nepal. There, I met an old man whose life had been shaped by loss. Disease had taken his father, his sister, and his brother—not only by its cruelty, but by poverty’s long shadow and the absence of timely care.
His words carried grief older than his years, a sorrow learned through helpless watching and unanswered prayers. Yet within his pain lived a fragile hope—a faith that doctors, with knowledge and compassion, could one day rewrite such stories. This poem echoes his sorrow and stands as a prayer for change, where no life is lost simply because care was out of reach.