Articles View Hits
1713519
Arrow
Arrow
Slider
Welcome to Dr Surya B Parajuli Personal Website

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

यसरी खुइलिन्छ मान्छेको तालु !
November 28th, 2014 | by Weekly Nepal



काठमाडौं । तालु खुइलिएका विषयमा हाम्रो समाजमा अनेकौं किस्सा सुन्न पाइन्छन् । कतिपयले तालु खुइलिनुलाई बुद्धि र विवेकको क्षमतासँग पनि दाँज्ने गरेका छन् । तर, यो वास्तविकता होइन । तालु खुइलिनु पनि एउटा रोग नै हो । खासमा तालु २ प्रकारले खुइलिन्छ । सिकाट्राइसियल र नन–सिकाट्राइसियल ।

सिकाट्राइसियलमा जन्मजात समस्या,  सुन्निएको अवस्था,  कोठी , चोटपटक वा  क्यान्सरका कारण तालु खुइलिने हुन्छ । त्यस्तै नन–सिकाट्राइसियलमा कहिलेकाहीँ सानो भाग मात्र खुइलिन्छ भने कहिले पूरा भाग नै । खुइरे  भनिने सानो भाग खुइलिने रोग वंशाणुगत गुण, मानसिक रोग वा ढुसी संक्रमणका कारण देखिन्छ । त्यस्तै पूरा भाग चाहिँ एलोपेसिया युनिभरसालिसका कारण खुइलिने हुन्छ । पूरा भाग खुइलिएपछि  रौंका जरा नष्ट हुन्छन् । जसको कारण कपाल पलाउन सक्दैन र तालु चिल्लो देखिन्छ । नन सिकाट्राइसियल रोगमा रौंका जरा हुने भएकाले पुनः पलाउन सक्छन् ।

खोइरे रोग थाइरोइड, दुबी तथा मानसिक तनावको कारणसँग सम्बन्धित छ । यसमा विस्तारै खाली भएको ठाउँमा कपाल उम्रन थाल्छ । यसको उपचारकालागि स्टेरोइड, सोरालिनजस्ता पद्दति अपनाइन्छ । एन्ड्रोजेनिक एलोपेसिया (वंशाणुगत खुइरे) जसलाई पुरुष प्रकारको खुइले पनि भनिन्छ  । यो रोग वंशानुगत रुपमा आएको पाइन्छ । तथापि पुरुष हर्मोन बढी हुने महिलामा पनि यो समस्या देखिन्छ ।

पुरुषमा कुनै परीक्षण आवश्यक नभएपनि महिलामा भने पुरुष हर्मोन निकाल्ने ट्युमर छ कि छैन भन्ने  परीक्षण गर्नुपर्छ । पुरुषको हकमा औषधिको प्रयोगले कपाल झर्ने प्रक्रिया ढिलो गराउने तथा नयाँ कपाल पलाउने उपचार पनि गर्न सकिन्छ । तर यो दीर्घकालीन भने देखिएको छैन । किनकि औषधि बन्द गर्ने वित्तिकै फेरि कपाल झर्न थाल्छ  । त्यसैले प्रयोगकर्ताले जीवनभर औषधि प्रयोग गर्नुपर्ने देखिन्छ । विग  ( नक्कली कपाल) लगाउने तथा सर्जरी यसको उपचारका विकल्प हुन सक्छन् ।

टेलोजेन इफ्लुभियम नामक तालु खुइलने समस्या मुख्यतया संक्रमण (टाइफाइट, औलो, डेंगु), तालुका अपरेशन, चोटपटक, परीक्षाको तनाव, तनावयुक्त वैवाहिक सम्बन्ध र प्रशव पीडाका कारण देखिन सक्छ । यसको उपचार नगरी निराकरण हुदैन । उपचार गरियो भने यो समस्या २–३ महिनापछि समाधान हुन सक्छ तर कपालको स्वरुप पहिलेकै अवस्थामा भने आउँदैन ।

ट्याक्सन एलोपेसिया नामक कपाल झर्ने समस्या आजभोलि ह्वात्तै बढेको पाइएको छ । यो समस्या कपाल सिधा पार्न गरिने प्रविधि हट कम्बिङको कारणले हुन्छ । ट्राइकोटिलोम्यानिया नामक कपाल झर्ने समस्या युवतीमा पाइएको छ । खासगरी मानसिक समस्या भएका युवतीमा यो समस्या देखिन्छ ।

त्यसैगरी रौँका जरामा सक्रमण भएमा, ढुसीको संक्रमण भएमा, सोरियासिस तथा कुष्ठरोगमा पनि तालु खुइलिने समस्या देखिन्छ । यस्तो अवस्थामा उपचार गरियो भने स्वतः कपाल पलाएको पाइन्छ ।  क्यान्सरको उपचार ( केमोथेरापी ) र विष सेवनपश्चात् पनि कपाल झर्ने समस्या देखिन्छ । यस्तो समस्यामा परेकाहरूले उपचार गरेमा फेरि पुरानै तरिकाको कपाल प्राप्त गर्न सक्छन् ।


– डा. सूर्य पराजुली, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (स्वास्थ्य खबरबाट)




Click here for reference





 

Facebook

YouTube

Trending