Articles View Hits
1713483
Arrow
Arrow
Slider
Welcome to Dr Surya B Parajuli Personal Website

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

पाठेघर खस्ने समस्या: के भ्रम र के सत्यता !!!

© हीरा के सी 

 

पाठेघर खस्ने पृष्ठभूमि कस्तो छ ?

म सानो छदा मेरो हजुरआमाले खोक्न पनि मिल्दैन, सिढी चढ्न-ओर्लन पनि मिल्दैन, छिनछिनमा पिसाब लाग्ने आदि समस्या भइरहेछ, भनि पटक पटक उपचार गराएको कुरा अहिले पनि म सम्झन्छु/ के भएको भनि बुझ्दा आङ खसेको भनेको मलाई अहिले पनि ताजा नै छ/  त्यसबेला मेरो बालमस्तिष्कले आङ खस्नु भनेको के हो बुझ्न पनि सकेन/ अहिले आएर म सम्झन्छु कि आङ खस्नु भनेको पाठेघर खस्नु भन्न खोज्नु भएको रहेछ/ग्रामीण भेगमा बसोबास गर्ने कतिपय महिलाहरुले यसलाई पहिलो कुरा समस्या हो भनि पहिचान गर्न नसक्नु र दोश्रो कुरा समस्या निकै नै बढी हुदाँ पनि लाजले गर्दा कसैलाई नभनि आफु भित्रै दबाएर राख्नुले यसवाट अझै बढी पिडित भएको पाइन्छ/ मेरो हजुरआमा कम उमेरमा विवाहित, कम उमेरमै धेरै बच्चा जन्माएकी, राम्रो सुत्केरी स्याहार नपाएकी, उकाली ओराली गर्ने, भारी बोक्ने, मेलापात गर्ने सबै काम गरेकी ग्रामीण भेगकी महिला, जो पाठेघर खस्ने समस्याले पिडित एक उदाहरण मात्र हुन्/ मेरो हजुरआमा जस्ता कयौ महिलाहरु यो देशमा छन् जसलाई यस्तै अवस्थाबाट गुज्रनु परेको छ/ उचित शिक्षाबाट बन्चित गराईनु, बालविवाह हुनु, कम उमेरमै बच्चा पाउनु, त्यसमा पनि श्रीमान तथा घर परिवारको साथ नपाउने जस्ता कारणले अझै पनि यो समस्या यथावत नै छ/ गर्भवती हुदाँ पनि पहिले जस्तै गाह्रो काम गर्नु पर्ने, सुत्केरी अवस्थामा केहि दिनको आराम पछि नै मेलापातको काममा फर्कनु पर्ने, पोषणयुक्त खानाको कमि हुनु, घरमै असुरक्षित तवरले प्रसुती गराईनु जस्ता बिबिध कारणले गर्दा अहिले पनि पाठेघर खस्ने समस्या एक प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहदै आएको पाइन्छ/ अव यहि पाठेघर खस्ने समस्याको बारेमा चर्चा गरौ/

पाठेघर खस्नु भनेको के हो?
पाठेघर खस्नु भनेको महिलाको शरीरमा पाठेघर रहनुपर्ने निश्चित ठाउँ छाडेर योनीबाट बाहिर आउनु वा शरीरभित्रै आफ्नो ठाउँ छोडेर तल खसेको अवस्थालाई जनाउछ/ यो समस्या प्रायस धेरै बच्चा पाएकामहिलामा हुने गरे पनि कहिले काहिँ पहिलो बच्चा पाएका महिलालाई पनि हुन सक्दछ/ आङ खस्नु, चोला झर्नु आदि नामहरुले पनि पाठेघर खस्नु लाई बुझिन्छ/  

पाठेघर खस्ने कारण के-के हुन्?
महिलाहरुको पाठेघर खस्नुको मुख्य कारण गर्भाशयलाई बाँधेर राख्ने नशाहरु कमजोर भएर त्यससंग जोडिएका अंगहरु बिस्तारै तल खस्नाले हुन्छ/ कम उमेरमा बिवाह गर्नु अनि बच्चा जन्माउनु, गर्भान्तर नगरी बर्षेनी बच्चा जन्माउनु, बच्चा जन्मिसकेपछि साललाई बल प्रयोग गरेर निकाल्नु, सुत्केरी स्याहार राम्रो नहुनु, सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुने वा गह्रौ काम गर्नु, गह्रौ भारि बोक्नु,धेरै हिड्नु,चुरोट सेवन गर्नु र बारम्बार खोकि रहनु आदि पाठेघर खस्नुको मुख्य कारणहरु  हुन्/

पाठेघर खस्दा के के लक्षणहरु हुन्छन् ?
पाठेघर खसेको महिलाहरुमा खोक्दा, हाँस्दा, भारी बोक्दा, टुक्रुक्क बस्दा, बल गरेर कन्दा, पाठेघरको मुख योनिको प्वालमा देखिने हुनको साथै पाठेघरले पिसाब थैलीलाई थिच्ने हुदाँ छिनछिनमा पिसाब लाग्ने, तल्लो पेट दुख्ने, ढाड तथा कम्मर दुख्ने हुन्छ/ बाहिर निस्केको पाठेघरमा त झन संक्रमण हुनगई घाउ हुने, हिड्न गाह्रो हुने जस्ता समस्याहरु देखिन्छन/ पाठेघर खस्ने समस्याले शारीरिक रूपमा त असर गर्छ नै यसले पारिवारिक तथा सामाजिक समस्या पनि निम्त्याउने गर्दछ/ बैवाहिक जीवनमा असर पार्न सक्दछ/ महिलाको यो समस्याले यौन सम्पर्क गर्दा समस्या हुनसक्दछ जसले गर्दा श्रीमान संगको सम्बन्ध बिग्रने पनि हुनसक्दछ/ सधैको शारीरिक समस्याले मानसिक रूपमा पनि विछिप्त बनाउन सक्दछ/ सेतो गन्हाउने पानी आउने हुनाले समुहमा बस्दा छि-छि दुर-दुर हुनसक्ने डरले एक्लै बस्ने र एक्लो महशुस गर्ने हुन्सक्छ/

पाठेघर खस्ने नदिन के रोकथाम गर्ने सकिन्छ?
पाठेघर खस्ने समस्याको रोकथामको लागि किशोरावास्था देखि नै ध्यान दिनु पर्दछ/ किशोरीहरुलाई पोषिलो खानाखुवाउने, महिलाको उमेर कम्तिमा २० बर्ष पुगेपछि मात्र बिवाह गर्ने,२० बर्षको उमेर पछी मात्र बच्चा जन्माउने, परिवार नियोजनको साधन अपनाउने र कम्तिमा बर्षको जन्मान्तरमा मात्र दोश्रो बच्चा जन्माउने, गर्भवती हुदाँ कम्तिमा ४ पटक र सुत्केरी अवस्थामा कम्तिमा ३ पटक स्वास्थ्य जांच गराउने, स्वास्थ्य संस्थामा दक्ष प्रसुतिकर्मीबाट प्रसुती गराउने, गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार गर्ने, सुत्केरी भएको ६ हप्ता सम्म आराम गर्ने, गह्रुंगो भारी नबोक्ने गर्नुपर्छ/

पाठेघर खसेकोको उपचार पद्दति कस्तो हुन्छ ?
सुत्केरी अवस्था देखिनै शारीरिक ब्यायाम, जस्तो केगल ब्यायाम तथा योगासन गर्नाले पाठेघरको तन्तु तथा वरिपरिको मांसपेशी बलियो बनाउन सकिन्छ/ पाठेघर झरेको अवस्था पहिचान गरि चुरा आकारको रवर वा प्लास्टिकले बनेको रिंग पेसरी राक्नु पर्छ जसले पाठेघरलाई आफ्नो स्थानमा राख्छ/ पाठेघर झरेको आकार तथा श्रेणीका आधारमा रिंग पेसरिको आकारको निर्धारण गरिन्छ/ पूर्णरुपमा पाठेघर खसेको समस्याको उपचार भनेको शल्यक्रिया नै हो/

 

 

Facebook

YouTube

Trending