Articles View Hits
1713505
Arrow
Arrow
Slider
Welcome to Dr Surya B Parajuli Personal Website

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

मानसिक यौन अवस्थाहरु यस्ता हुन्छन !!

BY © DR. SURYA B. PARAJULI, NEPAL

पृष्ठभूमि

 

हिजोआज हामीले मानसिक यौन अवस्थाहरुका धेरै घटनाहरु सुन्ने र देख्ने गरेका छौं । मानसिक यौन अवस्थाहरुका यस्ता कतिपय घटनाहरु जानेर वा नजानेर ओझेलमा परिरहेको अवस्था विद्यमान् देखिन्छ। कतिपय मानसिक यौन अवस्थाहरुका स–साना घटनाहरु गम्भीर रुपमा लिइन्छन् भने कतिपय गम्भीर घटनाहरु हल्का रुपमा लिने गरेको पाइन्छ । यी र यस्तै परिदृश्यमा आज हामी तपाईंहरु समक्ष प्रस्तुत हुँदैछौं ।

 

परिचय

यौन प्राणी जगत्का लागि आवश्यक प्रक्रिया हो । सन्तानोत्पादन गरी वंश विस्तारको लागि यो झन् आवश्यक हुन्छ । अझ मानिसको हकमा यौनको परिभाषा झन् विशिष्ट हुने गर्दछ । यौनावस्था उमेरसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । यौवनावस्थामा विपरीत लिङ्गप्रति आकर्षण हुनु स्वाभाविक प्रक्रिया हो । केटा वा केटीमा स्वाभाविक यौन क्रियाकलापमा परिवर्तन वा असन्तुलन हुनु र यौन क्रियाकलापसम्बन्धी मनोवैज्ञानिक उथलपुथल हुनुलाई मानसिक यौन विकृति भनिन्छ । तपाईं–हाम्रावरपर मानसिक यौन विकृतिबाट सताइएका धेरै व्यक्तिहरु हुनुहुन्छ । हाम्रो समाज अझ पनि यौनका सम्बन्धमा त्यति खुलिनसकेका कारण यस्ता समस्याको समाधानतर्फ  लाग्नुभन्दा लुकाउने गरेको पाइन्छ ।

 

कारणहरु

तनावपूर्ण जीवन, ज्यादै डर एवम् चिन्ता, लामो समयको शारीरिक रोग, उदासीनता, यौन शिक्षाको अभाव, यौन क्रियाकलापसम्बन्धी अज्ञानता वा अनभिज्ञता, अधिक धुमपान र मद्यपानको प्रयोग, यौनसम्बन्धी बढी जागरुक हुनु वा यससम्बन्धी नराम्रो सोच वा बानी–व्यहोरा, साथीहरुको लहैलहैमा लाग्नु, अश्लील चलचित्र र गतिविधिमा संलग्न हुनु, वेश्यावृत्ति र परपुरुष वा परस्त्रीगमन, विभिन्न औषधिहरुको लामो प्रयोग, विभिन्न दीर्घरोग जस्तोः मधुमेह आदि ।

 

प्रकारहरु

मुख्य रुपमा रहेका केही मानसिक यौन अवस्थाहरुका बारेका यहाँ चर्चा गर्नेछौं ।

 

क) यौन क्षमता नहुने समस्या (Impotence)

 व्यक्तिमा यौन इच्छा र आकांक्षा भए पनि लिङ्गको उत्तेजना नहुने अवस्था इम्पोटेन्स हो । व्यक्तिले  यौन सम्पर्क गरे पनि यौन सन्तुष्टि भने प्राप्त गर्न सक्दैन । यो पुरुषहरुमा देखिने मानसिक यौन विकृति हो । यसका धेरै कारणहरु हुन सक्दछन् । जस्तोः लिङ्गको संरचना विकृत रहनु, अण्डकोषको राम्रो विकास नहुनु, केही कारणबाट लिङ्ग काटिएको अवस्था, हाइड्रोसिल, हर्निया, फाइलारियासिस क्यान्सर आदि पर्दछन् । अझ थप कारणहरुमा दुर्घटना भई लिङ्गवरपरका अङ्गग बिग्रिनु, रक्सी, कोकेन, अफिमजस्ता लागूऔषधको प्रयोग गर्नु, पक्षघात हुनु आदि पर्दछन् । थप विशिष्ट कारणहरुमा विवाहको पहिलो रात हुने इम्पोटेन्स, अत्यधिक यौन तनाव आदि पर्दछन् ।

 

ख) फ्रिजिडिटी (Frigidity)

यो महिलामा हुने मानसिक यौन विकृति हो, जसमा महिलाले आप्mनो यौनसम्पर्क शुरुआत गर्न सक्दिनन् । सकिन् भने पनि पूर्णता दिन नसक्ने हुन्छ । केही मुख्य कारणहरुमा महिलालाई सानोमा यौन दुव्र्यवहार हुनु, बलात्कार हुनु, दुर्घटनामा पर्नु आदि पर्दछन् । कसैलाई यौन सम्पर्कमा रहँदा योनीमा अत्यधिक दुखाइ, पूर्ण योनी संकुचन भ्याजिर्निस्मस पनि हुन सक्छ ।

 

नोटः क्वादो हेन भन्ने एउटा पुरुषमा देखिने मानसिक यौन विकृति हो, जसमा ऊ आप्mनी श्रीमतीप्रति इम्पोटेन्स हुन्छ भने अरु स्त्री वा केटी, महिलाप्रति यौन सम्पर्क मज्जाले राख्न सक्दछ ।

 

ग) निद्रामा वीर्य स्खलन हुनु (Night Fall)

नाइट फल एक प्राकृतिक प्रक्रिया हो र यसले स्वास्थ्यमा कुनै हानी–नोक्सानी गर्दैन । वयस्क व्यक्तिमा नाइट फल हुनु एक सामान्य प्राकृतिक प्रक्रिया हो तर जनमानसमा यो नराम्रो कुरा हो भन्ने जनधारणा रहेको पाइन्छ । यौन उद्वेगबाट हुने यस्ता प्राकृतिक प्रक्रियालाइ व्यक्तिले धेरै चिन्ता र पीर लिएमा समस्याहरु उत्पन्न गर्न सक्दछ । कतिलाई नाइट फल भइरहेमा आपूm नपुंसक होइएला भन्ने डर रहेको पाइन्छ । त्यसैले यसलाई सकारात्मक रुपमा लिने बानीको विकास व्यक्ति र समाजले गर्नुपर्ने देखिन्छ ।

 

घ) शीघ्र वीर्य स्खलन

यौन सम्पर्कका आफ्ना चरणहरु हुन्छन् । पूर्ण यौन सन्तुष्टि पाउनु र दिनुअगावै वीर्य स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । शीघ्र वीर्य स्खलनका केही कारणहरुमा पीर, तनाव, यौन प्रक्रियाबारे अनभिज्ञता, शारीरिक थकान, मानसिक थकान, यौन साथीप्रतिको नकारात्मक धारणा, पाको उमेर, दीर्घरोग, औषधिको प्रयोग असुरक्षित वातावरण आदि पर्दछन् ।

 

ङ) हस्तमैथुन (Masturbation)

पुरुष वा महिलाले आफ्ना यौन अङ्गहरुलाई आँफै उत्तेजनामा ल्याएर यौन सन्तुष्टि लिनुलाई हस्तमैथुन भनिन्छ । पुरुषले आफ्ना हातले लिङ्गलाई उत्तेजित बनाएर वीर्य स्खलन गराई यौन सन्तुष्टि लिने गरेको पाइन्छ । महिलाले भने आप्mनो भङ्गाकुर खेलाई औंला योनीमा पसाएर वा लिङ्गजस्ता वस्तुको प्रयोग गरी यौन सन्तुष्टि लिने गरेको पाइन्छ ।वास्तवमा उमेर पुगेपछि हस्तमैथुन यौन सन्तुष्टिको उपयुक्त माध्यम हो तर व्यक्तिले हस्तमैथुन गरी वीर्य स्खलन भएपछि नपुंसक होइन्छ । कमजोर होइन्छ भन्ने धारणाले ग्रसित भएको पाइन्छ । हस्तमैथुन गर्ने हुँदा यो सकारात्मक छ किनकि हस्तमैथुन नगरी यौन सन्तुष्टिको लागि वेश्यालय जाने, केटी साथीहरुसँग यौन सम्पर्क राख्ने आदि गर्दा एड्स, यौनरोग लाग्ने, गर्भधारण हुने, समाजमा बेइज्जत हुनुपर्ने हुन्छ । हस्तमैथुनले हाम्रो शरीरमा कुनै पनि नकारात्मक असर पार्दैन तर तपाईंले यसलाई बढी सोच्ने र डर, चिन्ता र पीर लिएमा र जति बेला पनि हस्तमैथुन गरिराखेमा गम्भीर नकारात्मक असरहरु पनि पर्न सक्दछन् । तसर्थ, सावधान ।

 

 

उपचार प्रक्रिया

यस्ता बिरामीहरु उपचारका लागि आउँदैनन् । आए पनि अन्य शारीरिक समस्या देखाएर आउने गरेको पाइन्छ । तसर्थ, बिरामीसँग उसको मानसिक र यौन अवस्थाको पूर्ण छलफल गरी यस्ता मानसिक यौन अवस्थाहरुहरुको निराकरण गर्न सकिन्छ ।

 

यस्ता मानसिक यौन अवस्थाहरुहरुबारे यौन शिक्षालाई व्यापकता दिनु पर्दछ ।

 

यौन क्रियाहरुका बारेमा जानकारी दिनुपर्दछ । कहिलेकाहिँ औषधिको प्रयोग पनि गर्नुपर्ने हुन सक्दछ। यसका लागि चिकित्सकको परामर्श अति आवश्यक हुन्छ । विद्यालयका पाठ्यपुस्तकमा यौनसम्बन्धी कुराहरुलाई खुलस्त पार्नु पर्दछ ।

 

यो लेख छाप्नु हुने तपाई हरुलाई धन्यवाद 

प्रकाशित मिति:२०७० माघ १८ गते १०:५०

डा. सूर्य पराजुली
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

Click here for reference

 

 

प्रकाशित मिति:२०७० फागुन १९ गते १३:३९

डा. सूर्य पराजुली, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

  Click here for reference

 

March 10, 2016

डा. सूर्य पराजुली, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान 

 Click here for reference

 

 

https://dailynepalgunj.files.wordpress.com/2012/07/2069-04-14-sunday.pdf

 

 

Facebook

YouTube

Trending